सामाजिक सुरक्षा र राष्ट्रिय परिचयपत्र नम्बरको अनिवार्यता

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न Citizen Portal मा Press गर्नुहोस्

Editor

अति गरिबी अवस्थामा गुज्रिरहेका, असहाय अवस्था रहेका, जोखिममा परेका वा उन्मुख व्यक्ति, घरपरिवार तथा समुदायलाई अति गरिबी तथा जीवनमा आउन सक्ने सम्भाव्य जोखिमहरुबाट जोगाएर सुरक्षित जीवनको सुनिश्चितता प्रदान गर्ने नीति र कार्यक्रमहरुलाई सामान्यत सामाजिक सुरक्षा भनिन्छ ।

नेपालको संविधान, २०७२ को धारा ४३ मा सामाजिक सुरक्षाको हकअन्तर्गत आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आप्mनो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हकको व्यवस्था भएको छ ।

प्रधानमन्त्रीका मनमोहन अधिकारीको ९ महिने सरकारले आर्थिक वर्ष २०५२/५३ को बजेटमार्फत ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम लागू गरेको थियो  । त्यसबेला ज्येष्ठ नागरिकलाई प्रतिमहिना १ सय रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा सरकारले गरेको थियो ।

राज्यले सामाजिक सुरक्षाअन्तर्गत लक्षित वर्गलाई दिइदै आएको रकम बिना झन्झट सहज र सरल तरीकाले पाउन नसकेको गुनासो सुनिदै आएको छ । बैंकमार्फत रकम लिन बैंकमा घण्टौं लाइनमा बस्नु पर्ने, बैंकको सिढी चढ्नु पर्ने, कागजातहरु हराउने, बर्षेनी अधावधिक गर्न कार्यालय जानुपर्ने, घरमा जान्नेसुन्ने नभएकोले जानकारी नहुँदा धेरैको रकम छुट्न जाने आदि बिभिन्न समस्याहरु देखिएकाछन् । अहिलेको अवस्थामा खासगरी बृद्ध अवस्थाका नागरिकले पटक पटक दुखकष्ट भोगेको देखेको छु । अहिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य त गरिएको छ तर राष्ट्रिय परिचयपत्रको लागि टोलीले दिएको कागजात हराएको हुन सक्छ । सबैलाई NIN कसरी प्राप्त गर्न सकिन्छ भनेर थाह नहुन सक्छ । अवस्थामा कार्यालय कर्मचारीले कति इमान्दारसाथ काम गर्लान भन्नेमा भर पर्दछ । बिना झन्झट सरल र सहज तरीकाले सुविधा उपभोग गर्न पाउने अधिकारबाट बंचित गरिनु हुँदैन । यस कार्यमा जनप्रतिनिधि कर्मचारी विद्यार्थी शिक्षक सबैले सहयोग गरी जेष्ठ नागरिकको सम्मान गरौं

राष्ट्रिय परिचयपत्र नम्बर (NIN) अनिवार्य रुपमा पेश गर्ने बारेको सूचना

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले नवीकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्बर (NIN) अनिवार्य रुपमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यस्थापन प्रणाली" (VERSS-MIS) मा प्रविष्ट गर्नु पर्ने भएको हुँदा यस नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका लाभग्राहीहरुले आगामी आ.ब. को लागि भत्ता प्राप्त गर्न नविकरणको निवेदन पेश गर्दा (२०८१ श्रावण र भाद्र महिना भित्रमा) तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नयाँ निवेदन दर्ता गराउने लाभग्राहीहरुले सोही समयमा आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर (NIN) अनिवार्य रुपमा सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

पुनश्च :

१. राष्ट्रिय परिचयपत्र नम्बर नभएका लाभग्राहीको नविकरण तथा नयाँ निवेदन दर्ता हुन नसक्ने भएकोले श्री ईलाका प्रशासन कार्यालय, हरिवनमा आफ्नो सक्कलै परिचयपत्र लिएर गई परिचयपत्र नम्बर प्राप्त गर्नु हुन अनुरोध छ।
२. राष्ट्रिय परिचयपत्रको लागि वडामा आएको टोलिमा गई फोटो खिचाउनु भएका तर परिचयपत्र प्राप्त नभएका लाभग्राहीहरुले फोटो खिचाउँदा प्राप्त गर्नु भएको आवेदन प्रतिमा भएको १६ अङ्कको आवेदन नम्बर मार्फत विभागले उपलब्ध गराएको एस.एम.एस. प्रणालीबाट वा यस कार्यालयमा रहेको सेवा इकाईबाट राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिनेछ।

राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त गर्न citizenportal मा Press गर्नुहोस्

यस वेभसाईटमा बिज्ञापन दिएर व्यापार, व्यवसाय, पेशा, स्कुल आदिको प्रचारप्रसार गर्नुहोस् । तपाईसँग कुनै सामाचार अनुसन्धान तथा लेख रचनाहरु छन् भने यस साइटमा प्रकासन गर्नुहोला ।

Leave your comment here

Upcoming

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको सूचना ।

सामाजिक सुरक्षा भत्ता कसले कति बनाए र कुन सालमा कति खर्च भयो
Editorसामाजिक सुरक्षा भत्ता कसको कति

Useful Links

© Copyrights 2022 shamser pulami. All Rights Reserved
Udate: